काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । पौडेलले अनिवार्य अवकाश लिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश लिएको बताएका छन् ।
उनलाई क्यानडाका लागि नेपाली राजदूत बनाउन सरकारले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ