काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सरकार लागि परेको बताएका छन् । सरकारका विभिन्न बाध्यताले यस क्षेत्रमा अपेक्षित स्रोत प्रदान गर्न नसकिएको उनले दाबी गरे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास जनाए ।
प्रधानमन्त्री प्रचण्ड भने ‘म आफैं पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू म राम्रोसँग बुझ्दछु ।’ नास्टको कुलपति समेत रहेका उनले देशको आवश्यकता र प्राथमिकतालाई हेरेर सरकारका निकायसँगको सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न अनुरोध गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ