सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

प्रकाशित समय: शुक्रवार, ०५ : ०२ बजे मंसिर २२ गते



महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यको घोषणाबमोजिम विभागलाई खारेज गर्ने निर्णय लिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटको घोषणा कार्यान्वयनको क्रममा सरकारले विभागलाई खारेज गर्ने निर्णय गरेको जानकारी दिइन् ।

 

उनले आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको विषयलाई नै सरकारले लागू गरेको बताइन् । सरकारले राष्ट्रपति कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

 

त्यस्तै विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित सय मिलियन अमेरिकी डलर ऋण सम्बन्धी सम्झौताको दस्ताबेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने, जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने र सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने, साउदी अरेबिया सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।