सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयाबाट सरकार पछि हट्दैन : स्वास्थ्यमन्त्री बस्नेत

प्रकाशित समय: सोमवार, ०१ : १५ बजे मंसिर २५ गते



कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयाबाट सरकार पछि हट्दैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताएका छन् ।

 

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु भन्दै सरकार ऐन संशोधाबाट पछि नहट्ने बताएका हुन ।

 

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नु पर्ने हो त्यसो हुन नसकेको उनको भनाई थियो ।चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उहाँले जानकारी दिए । चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए ।

 

सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उनले जानकारी दिए । मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लगाइँदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।