काठमाडौं । ओखलढुंगामा नेकपा एमालेलेको संकल्प यात्राका क्रममा स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले जलाइदिएका छन् । एमाले यतिबेला झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको छ ।
संकल्प यात्रामा अवरोध नपुर्याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएका हुन् ।त्यसैगरी एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा खोटाङको हलेसीबाट तीन जना पहिचानवादी पक्राउ परेका छन् । खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले तीन जना पक्राउ परेको जानकारी दिए ।
उता, उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको बताएका छन् । जिल्लामा सुरक्षा अवस्था मजबुत रहेको उनले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ