सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने गोपाल किरातीसहित आन्दोलनकारी नियन्त्रणमा

प्रकाशित समय: मगलवार, ०१ : १५ बजे मंसिर २६ गते



एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने गोपाल किरातीसहित आन्दोलनकारी नियन्त्रणमा

काठमाडौं ।नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

 

नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए।

 

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ। अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर आइपुग्ने एमाले कोशी अध्यक्ष  खतिवडाले जानकारी दिए।

 

आन्दोलनकारीले मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा रूख ढालेर अवरोध गरेका छन्।मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सृजना गर्न खोजिरहेका छन्।