सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

प्रकाशित समय: मगलवार, ०५ : ५५ बजे मंसिर २६ गते



नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

 

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । दुई वर्षअघि २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकमा उनी नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

 

थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् ।