काठमाडौं ।फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयकोे विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईः बिरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।
फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको बिरोध गर्न नहुने भन्दै स्थानीयहरुले अभियन्ता ईः बिरुद्ध प्रदर्शन गरेका हुन् ।फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरको निर्णयबिरुद्ध अभियन्ता ईःले महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्न खोज्नुभएको थियो । तर स्थानीयहरुले सडकमा व्यापार गर्न नपाईने भन्दै अभियन्ता ईः विरुद्ध नै प्रदर्शन गरेका थिए ।
स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईः लाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाकाबीच सुरक्षाकर्मीले अभियन्ता ईः लाई त्यहाबाट निकालेको थियो ।महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गर्न खोज्नुभएको थियो ।
यसअघि पनि काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाउनुभएको थियो । त्यसपछि काठमाडौं महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ