काठमाडौ।अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन् ।
मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे बताउन महतले अर्थ मन्त्रालयमा आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ ।’
आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषणा गरी त्यसको तयारी सुरु गरेको अर्थमन्त्रीले बताए।लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने महतले महतले उल्लेख गरे ।डा. महतले लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरूको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागि परेको बताए।
अर्थमन्त्री डा. महतले भने, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’महतले राजस्वको अवस्थामा पनि सुधारोन्मुख रहेको बताउँदै ब्याजदर कम हुँदै जाने देखिएको उल्लेख गरे।
‘समग्रमा आर्थिक अवस्था सुधार भइरहेको छ। रातारात हुने कुरा त होइन। विस्तारै सुधार भइरहेको छ’, उनले भने, ‘हामीमाझ संरचनात्मक समस्या भने छन्।’
बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कर आधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको अर्थमन्त्रीको भनाइ छ ।
उनले जलविद्युतको विकास, पर्यटन, कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने पनि बताए।चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै महतले सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको उल्लेख गरे ।
कोभिड महामारी सहित विभिन्न अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत पहल आफूले गरेको अर्थमन्त्री महतको दाबी छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ