बाजुरा- जिल्लाको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२÷०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सौर्य उर्जाबाट पानी तानेर खानेपानी उपलब्ध गराए पनि अहिले सो सुविधा बन्द हुँदा विद्यालयलाई खाने पानीको समस्या भएको हो ।
पानी खानकै लागि छात्र छात्रालाई आधा घण्टासम्म पैदल यात्रा गर्नुपर्ने भएकाले विद्यार्थीको दैनिक पठनपाठनमा समेत असर परेको प्रधानाध्यापक कृष्णाकुमारी सिंहले जानकारी दिनुभयो ।
तल बस्ती माथि सुख्खा डाँडोमा विद्यालय भएका कारण कतै पानीको मुहान नभएको र टाढाबाट पानी ल्याउन ठूलो योजना नपरेको हुँदा खानेपानीको समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरभान परीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाको सबै भन्दाबढी खानेपानीको समस्या भएको कुँडीमा, चुनावको बेलामा विभिन्न राजनीतिक दलले भोट माग्नका लागि खाने पानीलाई नै चुनावी मुद्दा बनाए पनि अहिलेसम्म कसैले पनि गाउँ र विद्यालयका लागि खानेपानीको योजना ल्याउन पहल गरेका छैनन् ।
बूढीगङ्गा– १ माथिल्लो कुँडीमा बसोवास गर्दै आएका २५६ घरपरिवारले पनि खानेपानीको निकै सास्ती व्यहोर्नु परेको स्थानीय अम्भा ल्वारले बताउनभयो ।(रासस)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976, 9851219411
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2019. Local Media Publication Pvt. Ltd. All rights reserved. Maintained by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
निर्देशक / सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
सूचना प्रसारक:
निर्दोष कृष्ण श्रेष्ठ
9849030347
nirdosh.shrestha@gmail.com
बजार व्यवस्थापक:
कमल प्रसाद दहाल
रामकाजी गोले तामाङ्ग
संवाददाता:
नवराज सापकोटा
कमला तामाङ्ग
वेबसाइट डेभलपमेन्ट समूह:
निर्दोष कृष्ण श्रेष्ठ, शैलेन्द्र अधिकारी
कार्यालय व्यवस्थापन: