काठमाडौं । सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा अहिले भइरहेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका हुन् ।
समीक्षा बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएकाे छ ।चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । उक्त छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्य योजना अनुसार कामहरू भए नभएकोबारे समेत छलफल हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ