काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई धरौटीमा छाड्न आदेश दिएको हो।खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।न्यायाधीश कोइरालाको इजलासमा आज (बिहिबार) नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पुनरावेदनमाथि सुनुवाइ थियो ।
जिल्ला अदालतको आदेश बमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो ।१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए तर, खरेलले उनको संलग्नता अरु सरह नै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि उच्च अदालत नियमावली तथा ऐनबमोजिम, खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ