सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा

प्रकाशित समय: शुक्रवार, १० : ०१ बजे मंसिर २९ गते



कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ः१५ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ । शुक्रबारको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको बताइएको छ।