सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको संसदीय सुनुवाइ जारी

प्रकाशित समय: शुक्रवार, १२ : ५० बजे मंसिर २९ गते



सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको संसदीय सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय समितिमा सुनुवाइ सुरू भएको छ।

 

शुक्रबार मध्याह्न १२ बजेदेखि उच्च अदालतका दुई न्यायाधीशको सुनुवाइ सुरू भएको हो। पहिलो चरणमा न्यायाधीश सारंगा सुवेदीको सुनुवाइ सुरू भएको हो। त्यसपछि अब्दुलको सुनुवाइ हुनेछ। सारंगाविरूद्ध सबभन्दा धेरै उजुरी परेका छन्। उनीविरूद्ध ६ वटा उजुरी परेको छ भने अब्दुलविरूद्ध एउटा परेको छ।

 

उच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल र सुनिल पोखरेल पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्।

 

संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि परिषदले ६ जनाको मात्र नियुक्तिका लागि सिफारिस गरेको थियो।