सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म

प्रकाशित समय: शुक्रवार, ०२ : ४९ बजे मंसिर २९ गते



कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म बस्ने भएको छ ।शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

 

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो ।

 

योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्‍याएको थियाे ।