काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासले बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे आश्वस्त रहन कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आश्वस्त पारेको जानकारी दिएका छन्।
दोहा फोरम २०२३, ह्युमन राइट ७५ र एलएलडीसी मन्त्रीस्तरीय बैठकमा सहभागी भई शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री साउदले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै विपिनको रिहाइबारे आश्वस्त रहन कतारी प्रधानमन्त्रीले विश्वास दिलाएको जानकारी दिएका हुन्।
परराष्ट्रमन्त्री साउदले भने,’नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतार सरकारले खेलेको भूमिकाको प्रशंसा गरेको थिएँ। जोशीको रिहाइका लागि थप आवश्यक पहल गरिदिन आग्रह गरेको छु। कतारका प्रधानमन्त्रीले गैरसैनिक बन्धक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल गरिरहेको र नेपाली बन्धकलाई मुक्त गर्ने विषयमा आश्वस्त रहनुस् भनेर विश्वास दिलाउनुभयो।’
त्यसैगरी परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपालीहरुको विषयमा पनि नेपालका लागि रुसी राजदूतलाई मन्त्रालय बोलाएर छलफल गरिसकेको बताए। उनले भने, ‘हामीले रुसी सेनामा भर्ना भएका नेपालीहरुको विषयमा रुसी राजदूतलाई बोलाएर आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेका छौं। रुस सरकारसँग द्विपक्षीयरुपमा छलफल गरिरहेका छौं।’
परराष्ट्रमन्त्री साउद गत शनिबार दोहा प्रस्थान गरेका थिए। दोहाबाट जेनेभाको बैठकमा सहभागी भएर मन्त्री साउद शनिबार स्वदेश फर्किएका हुन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ