काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति १२ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ । त्यसका निम्ति दर्ता गरिएका दलहरूलाई चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
“दर्ता भएका दलहरूका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन् ।
यस्तै त्यसपछि क्रमशः जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोसपाको साइकल, नेमकिपाको मादल, जममोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ