बाजुरा । बाजुराको मार्तडीघटमुना सडकमा दुई ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-२ खडीगाडमा आइतबार साँझ दुई ट्याक्टर ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बडीमालिका नगरपालिका–२ का ३८ वर्षीय देवराज जोशी, ३३ वर्षीया करिष्मा रोकाया, वडा नं. १ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराका अनुसार मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर एकअर्कालाई उछिन्न खोज्दा दुर्घटना भएको हो ।
लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ