सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला

प्रकाशित समय: सोमवार, ०६ : ४३ बजे पुष २ गते



प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।

 

सोमबार कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड हेर्न खोजेको भन्दै आफूहरूले स्वयं प्रधानमन्त्रीकै हेर्न खोजेको बताएका हुन्।नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौँ नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईँको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

 

संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस/अपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।