काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् ।
गत मंसिर २२ मा बसेको समितिको बैठकले एनसेलको सेयर खरिद–बिक्रीलगायतका विषयमा बुझ्न प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियाे।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नियामक निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायत पनि सहभागी छन् ।एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।
समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ