काठमाडौं।प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एनसेलको शंकास्पद शेयर खरिद-बिक्री प्रकरणमा दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।सांसद सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरेको रिटमा निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद-बिक्री भएको दाबी गरेका छन् ।
उनले शेयर खरिद-बिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।लामो समयदेखि पटक पटक हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ भएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ