सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिले आज निर्णय गर्दै

प्रकाशित समय: बुधवार, ०८ : ०९ बजे पुष ४ गते



सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिले आज निर्णय गर्दै

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।

 

मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सोमबार सुनुवाइ सकिएको थियो । उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।

 

बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् ।

 

समितिबाट नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।