काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोकेको छ ।
सिंहदरवारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो । बैठकले सरकारको तर्फबाट किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।
उद्योग र सरकारी अनुदान गरि अव किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ उखुको मूल्य पाउने भन्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । किसानहरुले भने उखुको खरिदमूल्य प्रतिक्विन्टल ७ सय ५० पुराउनुपर्ने माग राख्दै आएका थिए । त्यस्तै प्रवक्ता शर्माले सरकारको एक वर्षे अवधिको समीक्षा भएको र मूख्यसचिवबाट सरकारका कामलाई गति दिन देखिएका समस्या र सुधारको योजना सहित कार्ययोजना प्रस्तुत गरेकाे जानकारी दिइन् ।
प्रवक्ता शर्माले मन्त्रिपरिषद् बैठक बस्नका लागि मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको नयाँ हललाई पनि प्रयोगमा ल्याइएको जानकारी दिइन् ।मन्त्रिपरिषद्को नियमित बैठक भने बिहिबार बस्ने प्रवक्ता शर्माको भनाइ छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ