काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा मर्यादाक्रममा विवाद देखिएको छ । बिहीबारदेखि जनकपुरमा सुरु भएको सम्मेलनको उद्घाटनमा मर्यादाक्रमको विवाद देखिएको हो ।
सम्मेलनमा नेता विमलेन्द्र निधिले वरियताका विषयमा असन्तुष्टि जनाउँदै मञ्चमा आसन ग्रहण गर्न अस्वीकार गरेका छन् । कांग्रेस पूर्व उपभापति समेत रहेका निधिले पटक पटक बोलाउँदा पनि मञ्चमा आसन ग्रहण गर्न अस्वीकार गरेर दर्शकदीर्घमै बसिरहेका छन् ।सम्मेलनको पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, प्रवक्ता प्रकाशशरण महत लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरू सहभागी छन् ।
त्यसैगरी सभापति शेरबहादुर देउवापछिको वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै सहभागी भएनन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिकारुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ