काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा निवेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा निवेदन दिएको हो ।
सो मुद्दामा उपसचिव (कानून) सपना अधिकारी, राम प्रसाद घिमिरेसमेत २६ जना तथा सिद्धार्थ मिनरल्स प्रा.लि, मारुती सिमेन्टस लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रा.लि.,सोनापुर मिनरल्स एण्ड आयल प्रा.लि., सर्वोत्तम सिमेन्ट प्रा.लि., युनाइटेड सिमेन्ट प्रा.लि., उदयपुर मिनरल्स टेक प्रा.लि., कन्चन क्वेरिज प्रा.लि.र डोलोमाइट चुनढङ्गा उद्योग प्रा.लि प्रतिवादी छन् ।
घिमिरेले राजस्व चुहावट गरी चुनढुङ्गा-सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब चौबिस करोड पैँतालिस लाख छब्बीस हजार छ सय त्रिचालीस रुपैयाँ हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
जयराज घिमिरे र उपसचिव अधिकारी समेतले गलत प्रतिवेदन र टिप्पणी राय समेत दिई राजस्व चुहावट गरी चुनढुङ्गा-सिमेन्ट कम्पनीहरूलाई फाइदा र नेपाल सरकारलाई एक अर्ब चौबिस करोड पैँतालिस लाख छब्बीस हजार छ सय त्रिचालिस रुपैयाँ हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ