सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले

प्रकाशित समय: आइतवार, ०८ : ४० बजे पुष ८ गते



आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस आज विशेष पत्रकार सम्मेलनको आयोजना गदैछन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो। सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जनाएको छ।