सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

लुम्बिनी प्रदेशका दुई मन्त्रीले लिए शपथ

प्रकाशित समय: आइतवार, ०४ : ३९ बजे पुष ८ गते



लुम्बिनी प्रदेशका दुई मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन् ।

 

नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्री नियुक्त भएका थिए ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

 

मुख्यमन्त्री चौधरीले एक मन्त्रालय अझै आफैंसँग राखेका छन् । उक्त मन्त्रालय कांग्रेसले लिने भए पनि मन्त्री पठाउन पार्टीभित्र कुरा नमिलेकोले उनले आफू मातहत नै राखेका छन् ।