काठमाडौ।काठमाडौ जिल्ला अदालतमा दायर क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी छ।
आइतबार भएको सुनुवाइ नसकिएपछि यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडितका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए।आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। आइतबार बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ।
सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ। पीडितका तर्फबाट बहस पूरा भएपछि सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउने वा जेल सजाँय हुने निर्णय हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ