काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् ।
आज बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको बताए ।
‘जति जे जे षड्यन्त्रहरू भएका छन् हाम्रो गठबन्धन अझ बलियो हुँदै गएको छ । अझ सुदृढ हुँदै गएको छ । र यो गठबन्धन पाँचै वर्ष जान्छ’, प्रचण्डले भने, ‘एक वर्ष न बित्यो एक वर्ष बित्दा यति काम भएका छन् भने अर्को चार वर्ष यो गठबन्धन हुँदा हाम्रो अपेक्षाहरू पूरा गर्ने दिशामा ठूला ठूला सफलता हासिल गर्न सक्छौँ’, प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिए । उनले विशेष रुपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठूलो बलिदानीपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ