ललितपुर, गोदावरी नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ । पौष १३ देखि १५ गतेसम्म गोदावरीस्थित सेन्ट जेभियर स्कुलमा आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।७
पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रवक्ता मिलन सिलवालले प्रतियोगितालाई एक प्रमुख उत्सवकै रुपमा आयोजना गर्न र मनाउन लागिएको बताए । गोदावरी नगरपालिका खेल क्षेत्र र खेलाडीलाइ अत्यन्तै माया र सम्मान गर्ने नगरपालिका भएको बताउँदै सिलवालले यहाँबाट उत्पादित खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्त्वपूर्ण स्थानमा पुग्नसक्ने बताए ।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको कार्यक्रम विद्यार्थीहरुको अन्तरनीहित क्षमता प्रस्फुटन गराउने महत्त्वपूर्ण माध्यम र अवसरको रुपमा रहेको उक्त कार्यक्रम शैक्षिक क्षेत्रसँगै खेल क्षेत्रको समेत प्रवर्धनका लागि समेत महत्त्वपूर्ण कोसेढुँगा साबित हुने नगरपालिकाले जनाएको छ ।
हजारौं विद्यार्थीहरुको सहभागितामा आयोजना गर्ने राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताले विद्यार्थीहरुको प्रतियोगिताको मुल्याङ्कन मात्र नगरी समग्र विद्यालयको व्यवस्थापकीय पक्ष,शिक्षक व्यवहार तथा संस्कृति ,नैतिक अवस्थाको समेत प्रतिबिम्वन गर्ने प्रवक्ता सिलवालले बताए । प्रतियोगितालाई सफल बनाउन प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सबै खेल विधासँग सम्बन्धित व्यक्तित्त्वहरु सहितको १३ सदस्यीय कार्यान्वयन समिति निर्माण गरी अधिकार समेत प्रत्यायोजन गरिएको छ ।
खेलमा भलिबल,कवर्डि, एथलेटिक्स र मार्सल आर्ट विधाका ३३ वटा समूह खेलका लागि ४७ वटा विद्यालयबाट कुल १५८५ विद्यार्थी, ४६ जना शिक्षक प्रतिनिधि,२ सय ७६ जना विधागत शिक्षक प्रतिनिधि तथा ६६ जना मुख्य रेफ्री/रेफ्री अम्पायर सहभागी रहनेछन् । उक्त प्रतियोगिताबाट १४४ स्वर्ण,१४४ रजत र १४४ कास्यपदक प्रदान गरिनेछ भने प्रथम स्थान हासिल गर्नेलाई नगद रु १ लाखसहित रनिङसिल्ड र ट्रफी,द्वितीय स्थान हासिल गर्नेलाई नगद रु ५० हजार र ट्रफी तथा तृतीय स्थान हासिल गर्नेलाई नगद रु २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजक नगरपालिकाले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ