काठमाडौँ ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगाएतका सुझाव आएको प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरु महासमितिले पारित गर्नुपर्ने लगाएतका सुझाव आएको उनले भने ।
त्यस्तै सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरुलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिए।
बैठकमा पार्टी सांगठानीक बिषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समूदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरुको काम लगाएतका बिषयमा छलफल भएको उनले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ