सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

प्रकाशित समय: शुक्रवार, ०९ : ०४ बजे पुष १३ गते



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने भएकाे छ । अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुनेछ ।
सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

त्यसैगरी सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको मन्त्री शर्माले बताइन् ।