काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगो लगाइदिएका छन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।उक्त गाडीमा सवार मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएको प्रत्यक्षदर्शीले नेपालमन्चलाई बताए ।
प्रदर्शनकारीले चक्रपथ अन्तर्गत कोटेश्वर-कलंकीको सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । अहिले आन्दोलनका कारण डकको यातायात प्रभावित भएको छ ।आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ