सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

बालकुमारी आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०२ : ४० बजे पुष १३ गते



बालकुमारी आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं।ललितपुरको बालकुमारीको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

 

ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको हो।प्रदर्शनमा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये  एक युवाको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो।

 

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिएर कोरिया जान नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।उनीहरुले सडक अवरुद्ध भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको थियो ।

 

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।