सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

प्रकाशित समय: शनिवार, ०७ : ०५ बजे पुष १४ गते



बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं। ललितपुरको बालकुमारीमा मारिएका दुई युवाका परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ ।

 

आज बसेको मन्त्रिपरिषद बैठकले दुबै युवाका परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको हो ।घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। मृतकको शव सरकारले नै उनीहरुको घरसम्म पुर्‍याइदिने निर्णय गरेको छ।

 

मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।