नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताउनु भएको छ । नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभा लाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीररुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’
उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर निर्माण गरेका हुन् । सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा. महतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफूले उत्पादन गर्न खोजेको वस्तु पूँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि रहेको छ । पछिल्लो समय सहकारी बद्नाम पनि भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’
साना किसान सहकारी स्थानीय तहमा केन्द्रित छ । आफै मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन, मन्त्री डा. महतले भन्नुभयो ।
युवाहरु विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा. महतले बताउनुभयो ।, ‘महिला दिदीबहिनी समाजको महत्वपूर्ण अंग बनेको स्मरण गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’
गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा. महतले बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ