काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा लगभग भागबन्डा टुंगिएकाे छ । चार दल सम्मिलित हिजो (शनिबार) बेलुकाको बैठकमा बाँडफाँटमा सहमति जुटेको छ । यद्यपि अन्तिम टुंगो भने आज बिहान बस्ने बैठकले टुंगो लगाउने नेताहरूले बताएका छन् । १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट पाउने छ ।
बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३/३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १/१ सिट दाबी गरेका थिए । यसमा अरू दल सहमत भए पनि एकीकृत समाजवादीले भने असहमति प्रकट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठक राति १२ बजेसम्म चलेको थियो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू सहभागी थिए ।
यी बाहेक सरकारमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नागरिक उन्मुक्ति पार्टीका नेता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ बैठकको बीचबाटै बाहिरिएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ