सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न शेखर-गगनले बोलाए बैठक

प्रकाशित समय: आइतवार, ०४ : ०३ बजे पुष २२ गते



राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न शेखर-गगनले बोलाए बैठक

काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

 

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार दिउँसो नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायतको छलफल भएको थियो।त्यहाँ नेता कोइरालाले कम्तीमा चार सिट आफूहरूले उम्मेदवारी दिन पाउनुपर्ने अडान राखेका थिए। स्रोतका अनुसार सभापति देउवाले गठबन्धनबाट कांग्रेसलाई १० सिट आएकोमा संस्थापनइतरलाई बढीमा तीन सिट मात्र दिन सकिने बताएका थिए।

 

सभापतिसँग कुरा नमिलेपछि कोइराला र महामन्त्री थापा धुम्बाराहीबाट निस्केका थिए। उनीहरू कोइरालाको सचिवालय विशालनगर बालुवाटारमा पुगेका छन्। त्यहाँ कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायत छलफल गरिरहेका छन्।