सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार, क-कसले पाए टिकट ?

प्रकाशित समय: सोमवार, ०९ : २७ बजे पुष २३ गते



कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार, क-कसले पाए टिकट ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदावार टुंगो लगाएको छ । आइतबार मध्यरातसम्म बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार टुंगो लगाएको हो । १९ सदस्यका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसले १० सिट पाएको हो । कांग्रेस महामन्त्री गगनकुमार थापकाअनुसार कांग्रेसले कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, बिष्णुदेबि पुडासैनी, जितजंग बस्नेत, किरणबहादुर श्रेष्ठ, पदम परियारलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै बिष्णुकुमारी सापकाेटा, कृष्णबहादुर रोकाया, नारायणदत्त भट्ट र बलदेब बोहराले राष्ट्रिय सभा सदस्यको टिकट पाएका हुन् । कोशीबाट सिटौला र मधेसमा ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

गण्डकी प्रदेशको अन्यतर्फ श्रेष्ठ, अपांगतर्फ परियार र लुम्बिनीको महिलातर्फत सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ । कर्णालीको अन्यतर्फ रोकाया र सुदूरपश्चिमको अन्यतर्फ बोहरा र अपांगतर्फ भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको हो । आज उम्मेदवार मनोनयनको कार्यतालिका छ ।