काठमाडौं। तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सार्वजनिक गरेको छ ।बुधबार आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा सार्वजनिक गरिएको हो ।
बम्जन मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका थिए ।उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ ।उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको सीआईबीले जनाएको छ । बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।
गाडी भेटियो
बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए ।५ करोडमा बुक गरेको गाडीका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीले जनाएको छ ।
उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको सीआईबी ले जानकारी दिएको छ ।
पैसा बरामद
उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।
मोबाइलमात्रै १४ थान बरामद
उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।प्रहरीका अनुसार, बरामद दसीमा मोबाइल बाहेक ३ वटा मोटरसाइकलको बिलबुल रहेका छन् ।
यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य मागजातहरु बरामद भएको सीआईबीले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ