ललितपुर,ललितपुरको गोदावरी नगरपालिकाले १४औं नगरसभा सम्पन्न गरेको छ। नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीमा नगर प्रमुख गजेन्द्र महर्जनले नगरसभाको उद्घाटन गरेका थिए। नगरसभामा चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा प्रस्तुत गरिएको थियो।
नगर उपप्रमुख मुना अधिकारीको अस्वस्थताका कारण प्रगति समीक्षा प्रतिवेदन नगर प्रवक्ता मिलन सिलवालले प्रस्तुत गरेका थिए।
सभामा नगर प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्मको नीति योजना तथा बजेटको प्रगति, बजेट तथा कार्यक्रम संशोधन, नगरपालिकाको शिक्षा ऐन २०७९ पहिलो संशोधन, निर्माण कार्य / वस्तुहरूको प्रयोगशाला परीक्षण दर रेट स्वीकृति सम्बन्धी, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण लगायत सम्बन्धी कार्यसूची प्रस्तुत गरेका थिए।
नगर प्रमुख महर्जनद्वारा प्रस्तुत विषय र कार्यसूची नगरसभाले पारित समेत गरे
को छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ