काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली आज (बिहीबार) सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार बिहीबार उम्मेदरहरुको नामावली प्रकाशन गरिन लागिएको हो । उम्मेदवारी दिएकाहरुको मनोनयपत्रमाथि बुधबार जाँचबुझ भएको थियो। बुधबार नै उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता गरेको थियो । यस्तै, मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार उजुरी आह्वान गरेको थियो । बुधबार हरेक उम्मेदवारको मनोनयनपत्रका साथै सो उपर कुनै उजुरी परे नपरेको जाँचबुझ गरिएको थियो ।
मनोनयपत्र दर्ता भएका उम्मेदवारको मननोयनपत्र तथा उजुरी उपर जाँचबुझ भएपछि बिहीबार नामावली प्रकाशन गरिने भएको हो । त्यसपछि आयोगले उम्मेदवारहरुलाई नाम फिर्ताको समय दिनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगको निर्धारण गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। यस्तै, शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए । राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए ।
राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो ।
पदावधि सकिन लागेका २० मध्ये राष्ट्रपतिबाट मनोनित हुने एउटा सिट बाहेक अन्य १९ सिटका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि सात प्रदेशमा १–१ मतदानस्थल र २–२ वटा मतदान केन्द्र कायम गरिएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ