सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

प्रकाशित समय: बिहिवार, ११ : ०३ बजे पुष २६ गते



क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौँ । जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई निलम्बन गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन् ।

आज बिहीबार विज्ञप्ति निकालेर क्यानले भनेको छ,’ .. राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश  अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’