काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ । बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन् ।
‘एसईई हुनुपर्छ । तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष शर्माले भने । विधेयकमा कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ । उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उनको तर्क छ ।
अहिले कक्षा ११ मा सम्बन्धित विद्यालयले नै परीक्षा लिने गरेको छ । विद्यालयले लिने परीक्षामा शतप्रतिशत विद्यार्थी पास हुने गरेका छन् । तर, कक्षा १२ को बोर्ड परीक्षामा भने ५० प्रतिशत विद्यार्थी पास हुने गरेका छन् । यस्तो अवस्थामा कक्षा १० को बोर्ड परीक्षा हटाएको खण्डमा फेल हुने दर झन् बढ्ने अध्यक्ष शर्माको भनाइ छ ।
बैठकमा सांसद डा. तोशिमा कार्कीले विद्यालय तहबाट नैतिक शिक्षा किन हटाइएको भन्दै प्रश्न गरिन् । उनले राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रलाई मोरल एजुकेसन किन हटाइएको भन्दै प्रश्न गरेकी हुन् ।
सांसद विद्या भट्टराईले निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रम किन लागू गर्न नमानेको भन्दै प्रश्न गरिन् । त्यस्तै डा.कालुराम राईले मातृभाषाको शिक्षाबारे प्रश्न गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ