काठमाडाैं । आज (पुस २७ गते) ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ। पृथ्वी जयन्तीका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। हरेक वर्षको पुस २७ गते पृथ्वी नारायण शाहको सम्मानमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने परंपरा छ। पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणका प्रणेता मानिन्छ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै आज देशभर कार्यक्रम आयोजना हुँदैछन्। वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले आपसी कलहमा फसेका ससाना राज्यलाई एकीकरण गरी हालको नेपाल राज्य बनाएका थिए।
पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो। शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए।
आफ्नो शासनकालमा उनले दिएको ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि त्यतिकै समय सान्दर्भिक छन्। भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए।
गणतन्त्र स्थपनापछि सरकारले पृथ्वी जयन्तीको बिदा कटौती गरेको थियो। तर, पछिल्ला वर्षमा भने सरकारले उनको योगदानका कदर गर्दै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन देशभर सार्वजनिक बिदा दिन थालेको छ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ। ५२ वर्षको उमेरमा विसं १८३१ मा पृथ्वी नारायण शाहको निधन भएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ