काठमाडौं । न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए ।
लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन्। सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री बनेकी थिइन् । न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो ।
आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा पूर्व प्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए । आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्त्वपूर्ण निर्णय लिएकी थिइन्, जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो। प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन् ।
आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन्। आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--