सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर २ द्वारा युवा लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न



प्रकाशित समय: सोमवार, ०९ : २३ बजे माघ ८ गते



काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर २ द्वारा युवा लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न

ललितपुर,नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ ले युवा लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

 

युवा लक्षित व्यक्तित्व विकास एवं क्षमता अभिवृद्धि तालिममा ५० प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

 

क्षेत्रीय सभापति महेश खड्काको सभापतित्वमा सम्पन्न प्रशिक्षणको प्रमुख आतिथ्यता नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका उपसभापति समेत रहेका बागमती प्रदेश प्रशिक्षण विभागका सदस्य सुदर्शन घिमिरेले गरेका थिए। 

 

धुलिखेलको हिमालय हाउस रिसोर्टमा सञ्चालित प्रशिक्षण तीन दिनसम्म चलेको थियो।। 

 

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव वशिष्ठकुमार अधिकारी लाइफ कोच एन्ड मोटिभेटर उषा मल्ल सिंह, भक्तपुर जिल्लाका उपसभापति विजेश अवाले, सचिव रुद्र ढुङ्गाना महाधिवेशन प्रतिनिधि केदार गोर्खाली, ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख कार्यसमिति सभापति दिवाकर नेपाल, सूचना प्रविधि संयोजक उपेन्द्र अर्याल,कार्यालय सचिव अनुप घिमिरे, सुशान्त घिमिरे लगायतको उपस्थिति रहेको थियो।