सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

प्रकाशित समय: मगलवार, १० : ०६ बजे माघ १६ गते



सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबार (आज)देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो ।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।