मनसुन सुरु भएसँगै हाल देशमा मनसुनी वायुको प्रभाव बढेको छ । अहिले देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार रहेको छ ।
दिउँसो ः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।
राती ः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
असार ०९ गते (मंगलबार) दिउँसो ः देशको सबै प्रदेशका अधिकांश स्थानहरुमा आँशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती ः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।
असार १० गते (बुधबार) दिउँसो ः देशभर सामान्य देखि पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।
राती ः देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक(दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ