सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

प्रकाशित समय: मगलवार, ०५ : २७ बजे माघ १६ गते



पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

पोखरा । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ।

 

मंगलबार दिउँसो १ बजे पोखरा महानगरपालिका-६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका हुन् ।

 

गम्भीर घाइते  उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।